रास्वपाको समानुपातिक सूची सार्वजनिक, क्लष्टरको टप-१३ भित्र वाँडभञ्ज्याङका पोखरेल
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका निम्ति समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पेश गरेको छ ।
सोमबार मध्यराति समानुपातिक सूचीसहित रास्वपाका नेताहरु आयोग पुगेका थिए ।
सोमबारमात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सहमति भएको थियो ।
सहमतिअनुसार रवि, कुलमान र बालेनले रास्वपाबाटै चुनाव लड्ने भएका हुन् ।
कुलमानका १८, बालेनका ४० जना समानुपातिक उमदेवार पाउने भएका छन् ।
सूचीमा यसअघिको संसदीय निर्वाचनमा काठमाडाैं क्षेत्र नं. ९ मा उम्मेदवार बनेका चन्द्रागिरि नगरपालिका-२ वाडभञ्ज्याङका टेक बहादुर (प्रभु राम) पोखरेल खस आर्य क्लष्टरको पहिलो १३ जना भित्र समेटिएका छन् ।
रास्वपा समानुपातिक तर्फको बन्द सूची हेराैं
















