कीर्तिपुरबाट हराएको मोटरसाइकल १५ दिनपछि सतुङ्गलमा भेटियो
थानकोट ।
यही पुस १ गते कीर्तिपुर नगरपालिका- १० वडा मानटोल यंगःचा हराएको मोटरसाइकल चन्द्रागिरि नगरपालिका सतुङ्गलमा भेटिएको छ ।
१५ दिनअघि कीर्तिपुरको देवढोकाबाट राति केही व्यक्तिले कीर्तिपुर अस्पताल सडक हुँदै यो मोटरसाइकल गुडाएको क्यामेरामा देखिएको थियो ।
मंगलबार उक्त मोटरसाइकल सतुङ्गल सडक किनारमा बेबारिसे अवस्थामा भेटिएको कीर्तिपुरका सञ्चारकर्मी वीरेन्द्र शाक्यले जानकारी दिए ।
















