काठमाडाैंमा बिजुलीको खम्बामा मोटरसाइकल ठोकिँदा चालकको ज्यान गयो

Thankot Times

थानकोट ।

काठमाडाैंको बुढानीलकण्ठ नगरपालिका–७ गोल्फुटार चोकमा मंगलबार बिहान भएको मोटरसाइकल दुर्घटना परि घाइते भएका चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामेछापको खाँडादेवी गाउँपालिका–३ का २५ वर्षीय अवी श्रेष्ठ रहेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनले भने, “आज बिहान गल्फुटार चोकस्थित सडकखण्डमा चक्रपथबाट हातिगौँडा चोकतर्फ आउदै गरेको बागमती प्रदेश ०२–०५२ प ५४०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको छेउमा रहेको विद्युतको खम्बामा ठक्कर खादाँ चालक घाइते भएका थिए, निजलाई त्रिवि शिक्षण अस्पताल पठाइएको र उपचारका क्रममा मृत्यु भएको हो ।”

उक्त दुर्घटनाका विषयमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिहेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *