चुनावको आवश्यक वातावरण बनाउन सरकार लागिपरेको छ : गृहमन्त्री अर्याल

Thankot Times

थानकोट ।

गृहमन्त्री ओमप्रकाश अर्यालले चुनावको आवश्यक वातावरण बनाउन सरकार लागिपरेको बताएका छन् ।

कोशी प्रदेशस्तरीय सुरक्षा बैठकमा बुधबार गृह मन्त्री अर्यालले चुनावको वातावरण बनाउन सर्वपक्षीय छलफलमार्फत् आवश्यक तयारी अघि बढिरहेको बताए ।

तोकिएको मिति आउँदो फागुन २१ मै धाँधलीमुक्त चुनाव हुने उनले विश्वास पनि व्यक्त गरे । 

त्यसका लागि सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको गृहमन्त्री अर्यालको भनाइ छ ।

गृहमन्त्री अर्यालले पछिल्लो आन्दोलनमा घाइते भएकालाई मासिक भत्ता वितरण गर्ने, सुरक्षा मनोबल मजबुत बनाउने र आवधिक चुनावलाई सुशासनको आधार मानेर सरकार अघि बढिरहेको उल्लेख गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *