नेसनल भोलिन्टियर फोर्स केन्द्रीय सचिवालय कमाण्ड सदस्यमा चन्द्रागिरिका शिव महर्जन मनोनित
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. १० का वडाध्यक्ष समेत रहेका शिवकुमार महर्जन नेकपा एमालेको भातृ संस्था नेसनल भोलिन्टियर फोर्स केन्द्रीय सचिवालय कमाण्ड सदस्यमा मनोनित भएका छन् ।
फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठका अनुसार महर्जनसहित २२ जनाले केन्द्रीय सचिवालय कमाण्ड सदस्यको जिम्मेवारी पाएका हुन् ।
जेन-जी आन्दोलनपछि सत्ताविमुख बनेको नेकपा एमालेले नवयुवाहरूलाई लक्षित गर्दै गत मंसीर ५ मा नेशनल भोलेन्टियर फोर्स गठन गरेको थियो ।

















