कराते खेलाडीको बिदाइ

Thankot Times

थानकोट ।

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने फुलकन्ट्याक्ट कराते खेलाडीहरूलाई बिदाइ गरिएको छ ।

बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एक कार्यक्रमबीच बिदाइ गरेको हो ।

परिषद्का कार्यकारी समिति सदस्य भानबहादुर चन्द तथा बोर्ड सदस्यहरू जगतसिंह धामी, हिमाल श्रेष्ठ र जगत टमट्टाले खेलाडीहरूलाई बिदाइ गरे ।

विभिन्न विधाका ११ जना पुरुष र १३ जना महिला खेलाडीहरूलाई बिदाइ गरिएको हो । प्रतियोगिता भारतको राचीमा यही पुस १९ र २० गते हुनेछ ।

अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा प्रशिक्षक, अध्यक्ष तथा ६ जना रेफ्रीसहित ३२ जना सहभागी हुँदै छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *