चन्द्रागिरि नगरपालिका-१३ पुरानो नैकापमा थपिए ३६७ जना मतदाता
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. १३ पुरानो नैकापमा ३६७ जना मतदाता थपिएका छन् ।
शनिबार (पुस १२) निर्वाचन आयोगले प्रकाशित गरेको मतदाताको अन्तिम सूची अनुसार यस वडामा २०७९ को आम निर्वाचनपछि ३६७ जना मतदाता थपिएका हुन् ।
२०७९ मंसिरको आम निर्वाचनमा यहाँ ३५३२ जना मतदाता रहेकोमा सो संख्या बढेर हाल ३८९९ जना पुगेको हो ।
यस वडामा तीन मतदान केन्द्र निर्धारण गरिएका छन् । चन्द्रागिरि नगर क्षेत्रमा तीनवटा मतदान केन्द्र भएको यो एक मात्रै वडा हो ।
जसमा गाविस भवन मनदान केन्द्र, विद्यामन्दिर मावि मतदान केन्द्र र लामाचाैर मतदान केन्द्र रहेका छन् ।

















