चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापमा थपिए ३१६ जना मतदाता

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं. १३ पुरानो नैकापमा ३६७ जना मतदाता थपिएका छन् ।

शनिबार (पुस १२) निर्वाचन आयोगले प्रकाशित गरेको मतदाताको अन्तिम सूची अनुसार यस वडामा २०७९ को आम निर्वाचनपछि ३१६ जना मतदाता थपिएका हुन् ।

२०७९ मंसिरको आम निर्वाचनमा यहाँ ४४१८ जना मतदाता रहेकोमा सो संख्या बढेर हाल ४७३४ जना पुगेको हो ।

यस वडामा दुई मतदान केन्द्र निर्धारण गरिएका छन् ।

जसमा गाविस भवन झोले टोल मतदान केन्द्र र मंगल मावि मतदान केन्द्र रहेका छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *