चन्द्रागिरि नगरपालिका-१५ तीनथानामा थपिए ४१५ जना मतदाता

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं. १५ तीनथानामा ४१५ जना मतदाता थपिएका छन् ।

शनिबार (पुस १२) निर्वाचन आयोगले प्रकाशित गरेको मतदाताको अन्तिम सूची अनुसार यस वडामा २०७९ को आम निर्वाचनपछि ४१५ जना मतदाता थपिएका हुन् ।

२०७९ मंसिरको आम निर्वाचनमा यहाँ ४३१९ जना मतदाता रहेकोमा सो संख्या बढेर हाल ४७३४ जना पुगेको हो ।

यस वडामा एक मतदान केन्द्र निर्धारण गरिएको छ ।

जसमा विष्णुदेवी मन्दिर मतदान केन्द्र रहेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ