सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो
थानकोट ।
नेपाली बजारमा बिहीबार (पुस १७) सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको प्रतितोला दुई लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन दुई लाख ६१ हजारमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला चार हजार ४ सय १५ रुपैयाँमा झरेको छ ।
अघिल्लो दिन चार हजार ४ सय ७० रुपैयाँ थियो ।
यो तोलामा ५५ रुपैयाँले घटेको हो ।















