कस्तो रहला आज देशभरको मौसम?
थानकोट ।
आज देशका पहाडी तथा हिमाली भू-भागमा साधारण बदली रही बाँकी भू-भागमा आंशिक बदलीको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। तराई भू-भागका धेरै स्थानहरूमा बिहानीपख हुस्सु/कुहिरो महाशाखाले जनाएको छ।
यस्तै शुक्रबार राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा राति हल्का हिमपातको सम्भावना रहेको र तराई भू-भागका केही स्थानमा हुस्सु रहने महाशाखाको भनाइ छ।















