इन्धनको मूल्य घटेसँगै हवाई भाडामा समायोजन

Thankot Times

थानकोट ।

वाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई भाडामा लाग्ने फ्युल चार्ज समायोजन गरेको छ। यससँगै आन्तरिक उडानका अधिकांश गन्तव्यमा यात्रुहरूले सस्तो भाडा तिर्ने भएका छन्।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएपछि त्यसको असर शुक्रबारदेखि हवाई भाडामा देखिएको हो। इन्धन सस्तो भएसँगै विभिन्न रुटमा लाग्ने फ्युल चार्ज घटाइएको क्यानले जनाएको छ।

समायोजित भाडा अनुसार काठमाडौंबाट सबैभन्दा टाढाको गन्तव्य धनगढी उड्दा अब २ सय ६५ रुपैयाँ कम तिर्नुपर्नेछ। यसअघि ५ हजार ९ सय २० रुपैयाँ रहेको धनगढीको फ्युल चार्ज घटेर ५ हजार ६ सय ५५ रुपैयाँमा झरेको छ।

यस्तै, माउन्टेन फ्लाइटको भाडा २ सय १० रुपैयाँले घटाइएको छ भने काठमाडौं–भद्रपुर उडानमा २ सय ४५ रुपैयाँसम्म राहत मिल्ने भएको छ। क्षेत्रीय उडानहरूमा भने भाडा अझ बढी घटाइएको प्राधिकरणले जनाएको छ।

कुन सेक्टरमा कति घट्यो फ्युल चार्ज (रुपैयाँमा) ?

काठमाडौं–माउन्टेन फ्लाइट : २१०

काठमाडौं–भद्रपुर : १८०

काठमाडौं–विराटनगर : १४०

काठमाडौं–जनकपुर : ७५

काठमाडौं–पोखरा : ९५

काठमाडौं–भरतपुर : ६५

काठमाडौं–भैरहवा : १२५

काठमाडौं–नेपालगञ्ज : १९५

काठमाडौं–धनगढी : २६५

काठमाडौं–तुम्लिङटार : ११०

काठमाडौं–सिमरा : ५५

काठमाडौं–सुर्खेत : २१०

काठमाडौं–राजविराज : १२५


Leave a Reply

Your email address will not be published. Required fields are marked *