चन्द्रागिरि र कीर्तिपुरका विभिन्न स्थानमा ‘बब डाई’ को छायांकन

Thankot Times
थानकोट ।
प्रवीण श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘बब डाई’ को छायांकन सकिएको छ। चन्द्रागिरी र कीर्तिपुर नगरपालिका विभिन्न स्थानमा ४२ दिनमा फिल्मको छायांकन सकिएको निर्देशक श्रेष्ठले जानकारी दिए। फिल्म श्याम तामाङको टिमले छायांकन गरेका हुन्।

टमका अनुसार फिल्ममा कीर्तिपुरको एक युवाको कथा छ। मुख्य भूमिकामा छन्, अभिनेता सौगात मल्ल र अभिनेत्री सिम्रन पन्त। अभिनेता सौगातले बब डाईको भूमिकामा छन्। निर्देशक श्रेष्ठका अनुसार नेवारी भाषामा दाईलाई डाई भनिने भएकाले फिल्मको नाम बब डाई राखिएको हो।

कमेडी जनरामा बनेको फिल्ममा सौगात र सिम्रनका अलवा सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्डुकार, मनोज महर्जन, कमल देवकोटा, उत्तमराज पाण्डे, रजिन महर्जन, मनोज महर्जन र बालकलाकार अग्रिम पण्डितको अभिनय छ।

मनिषा गौचन र प्रवीन श्रेष्ठको कथा रहेको फिल्ममा निर्माता राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर हुन्। रोटेपिङ इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण भएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ