११ दिनपछि प्रधानमन्त्रीबाट जुस पिएर निकोलसले तोडे अनसन

Thankot Times

थानकोट ।

११ दिनदेखि विभिन्न माग लिएर आमरण अनसनमा बसेका डा. निकोलस भुसाल र हरिश विष्टले हिजो (शुक्रबार) अनसन तोडेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई बालुवाटारमा जुस खुवाएर अनसन तोडाएकी हुन्।

सरकारसँग ६ बुँदे सम्झौता भएपछि भुसाल र विष्टले अनसन तोडेका हुन्।

सहमतिपत्रमा डा. भुसाल, विष्ट र सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *