नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डर सार्वजनिक

Thankot Times

थानकोट ।

नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का निम्ति घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

शनिबार (पुस १९) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले पुरुष, महिला तथा युवा तहमा वर्षभरि हुने विभिन्न राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतियोगिता समेट्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।

सन् २०२६ मा घरेलुस्तरमा जिल्ला र प्रदेशस्तरस्तरीय क्रिकेट हुनेछ । जय ट्रफी र राष्ट्रिय विद्यालय च्याम्पियनसिप जिल्ला र प्रदेशस्तरमा सञ्चालन गरिने क्यानले जनाएको छ ।

युवा क्रिकेटलाई प्राथमिकतामा राख्दै क्यान युवा कप, लेभल १ र २ कोचिङ कोर्स, पिच क्युरेटर कोर्स तथा अम्पायरिङ कोर्स आयोजना गरिने क्यानले जनाएको छ ।

अन्तर्राष्ट्रिय आईसीसी ट्वान्टी–२० विश्वकप, यू–१९ टोलीको भुटान तथा मलेसिया भ्रमण, आईसीसी विश्व क्रिकेट लिग, एसीसी पुरुष र महिला कप प्रतियोगिता र एसिया कपमा प्रतिस्पर्धा हुने क्यानका सचिव पारस खड्काले जानकारी दिए ।

उनले घरेलु क्रिकेट खेलाडीलाई अवसर प्रदान गर्न विभिन्न प्रतियोगिता आयोजना गरिएको बताए । टेस्ट क्रिकेट मान्यता राष्ट्रसँग खेल्न क्यानले प्रस्ताव अघि बढाएको उनले उल्लेख गरे ।

क्यानले २०२६ मा घरेलु संरचना बलियो बनाएर अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने जनाएको छ ।

अक्टोबरदेखि नोभेम्बरसम्म नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आयोजना हुने क्यानको क्यालेन्डरमा समावेश छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *