पूर्वमन्त्री खड्का रास्वपामा प्रवेश

Thankot Times

थानकोट ।

गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

शनिबार (पुस १९) पोखरामा आयोजित एक कार्यक्रममा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेसहितका नेताले उनलाई पार्टीमा स्वागत गरे ।

खड्का नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली नेतृत्वको तत्कालीन गण्डकी सरकारमा भौतिक पूर्वाधारमन्त्री थिए । त्यति बेला कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य रहेका उनलाई ०७९ सालको निर्वाचनताका तत्कालीन मुख्यमन्त्री नेपालीले बर्खास्त गरेका थिए । त्यसपछि निष्क्रिय देखिएका खड्का रास्वपामा प्रवेश गरेका हुन् ।

उनीसँगै व्यवसायी मिलन थापा र पुष्प अधिकारी पनि रास्वपामा प्रवेश गरेका छन् । थापा अटोमोबाइल्स व्यवसायी ध्रुव थापाकी पत्नी हुन् । रुपाकोट रिसोर्टका सञ्चालक अधिकारी विगतमा स्थापित एमाले नेता थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *