रास्वपा केन्द्रीय समिति बैठक भोलि आइतबार बस्ने

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ ।

भोलि (आइतबार) दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान गरिएको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्नेछ ।

पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण लगायतका विषयमा बैठकमा छलफल हुने उनले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *