चन्द्रागिरि नगरले खुलायो अस्पताल भवन निर्माणदेखि सडक निर्माणसम्म करोडाैंको ठेक्का

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले विभिन्न आयोजना सञ्चालनका लागि विद्युतीय बोलपत्र (ठेक्का) आह्वान गरेको छ ।

आइतबार एक सार्वजनिक सूचनामार्फत नगरले बलम्बुस्थित नेपाल एपीएफ अस्पतालको ओपीडी भवन बनाउन २९ लाख ९४ हजार १ सय ७७ रुपैयाँ एकासी पैसाको ठेक्का आह्वान गरेको हो । 

यस्तै, पुरानो नैकापस्थित कंकाली युवा क्लको भवन निर्माणका लागि ४५ लाख ५८ हजार ९ सय चाैतिस रुपैयाँ चाैवन्न पैसाको ठेक्का आह्वान भएको छ ।

यसैगरी, नागढुंगा-भोटेखोल्छा-बसुन्डोल-घट्टेडाँडा मितेरी मार्गमा विभिन्न निर्माण कार्यका लागि ६७ लाख ९७ हजार ८ सय २६ पैसाको ठेक्का खुलेको छ ।

थानकोटस्थित गणेशस्थान मार्ग कालोपत्रेका लागि चन्द्रागिरि नगरपालिकाले १४ लाख ५४ हजार ३ सय ४६ रुपैयाँ पचपन्न पैसाको ठेक्का आह्वान गरेको छ । 

यी सबै रकम भ्याटसहितको भएको चन्द्रागिरि नगरका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिए । यी सबै ठेक्का २०८२ माघ २० मा खोलिने बताइएको छ ।

सूचना हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *