सुनको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा आइतबार (पुस २०) सुन तोलामै २१ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार ४ सयरुपैयाँ छ ।

गत साताको अन्तिम दिन शुक्रबार (पुस १८) मा प्रतितोलामा दुई लाख ६२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यस दिन चाँदी तोलाको २५ रुपैयाँले घटेर चार हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार भने चार हजार ५ सय २५ रुपैयाँ थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ