मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त, काठमाडाैं क्षेत्र नं. १० मा अमृताकुमारी शर्मा
थानकोट ।
निर्वाचन आयोगले फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त गरेको छ ।
पुस २५ गतेदेखि लागु हुने गरी ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ८८ जना नेपाल न्याय सेवाका राजपत्रांङ्कीत द्धितीय श्रेणीका अधिृकतलाई निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृत र अधिकृतले माघ २ मा आफू खटिएको निर्वाचन क्षेत्रभित्र कार्यालय स्थापना गरि कार्य सञ्चालन गर्ने भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
काठमाडाैं जिल्लाका सबै १० वटै निर्वाचनका लागि महिला कर्मचारी निर्वाचन अधिकृत तोकिएका छन् । काठमाडाैं क्षेत्र नं. १० मा सर्वोच्च अदालतमा कार्यरत उपरजिष्ट्रार अमृताकुमारी शर्माले निर्वाचन अधिकृतको जिम्मेवारी पाएकी छन् ।














