काठमाडाैं महानगरका मेयर बालेन बने रास्वपाको वरिष्ठ नेता

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहित २६ जना रास्वपा केन्द्रीय सदस्यमा नियुक्त भएका छन् ।

रास्वपाका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार हिजो (पुस २०) बसेको केन्द्रीय समिति यस्तो निर्णय गरेको हो ।

रास्वपा केन्द्रीय समिति बैठकले २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्दै बालेनलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । रास्वपासँग भएको सहमतिअनुसार, बालेनको समूहबाट केन्द्रीय सदस्य बनेका नेताहरूले महामन्त्री र सहमहामन्त्री पनि पाउनेछन् । रास्वपा सभापति रवि लामिछाने र काठमाण्डौका मेयर बालेनबीच पुस १३ गते एकता गर्ने सहमति भएको थियो ।

त्यही सहमतिका आधारमा हिजो बसेको रास्वपा केन्द्रीय समितिको बैठकले समायोजन गरेको हो ।

हिजो मनोनित भएका केन्द्रीय सदस्यमा सुनिल लम्साल, भुपदेव शाह, सस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारू, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश गुरुङ, सन्तोष गिरी, डा. नमिता यादव, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *