विजय लघुवित्तको एफपीओ बिक्री खुला
थानकोट ।
विजय लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) सोमबार (पुस २१) देखि बिक्री खुलेको छ ।
लघुवित्तले संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत सेयर स्वामित्व कायम गर्न एफपीओ निष्कासन गरेको हो ।
लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका चार लाख ६६ हजार ८१७ कित्ता सेयर सर्वसाधारणका लागि खुलाएको हो ।
यसको एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्ताका लागि पुस २४ सम्म आवेदन दिन सकिनेछ ।
सोमबार कार्यालय समयदेखि लगानीकर्ताले विभिन्न माध्यमबाट आवेदन दिन सक्नेछन् ।















