काठमाडौँ -५ बाट ईश्वर पोखरेल एकल सिफारिस

Thankot Times

थानकोट ।

काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ।

निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पोखरेललाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकले पोखरेल उपयुक्त उम्मेदवार भएको निष्कर्ष निकालेको जनाएको छ।

काठमाडौँ-५ पोखरेलले नियमित निर्वाचन लड्दै आएको उनको गृह क्षेत्र हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *