नेपाली बजारमा सुनको मूल्य बढ्यो
थानकोट ।
नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (पुस २१) सुन प्रतितोला ४ हजार ६ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन प्रतितोला दुई लाख ६० हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको सुन आज दुई लाख ६५ हजार कायम भएको छ ।
यस्तै, अघिल्लो दिन प्रतितोला चार हजार ५ सय रुपैयाँ रहेको चाँदी यस दिन बढेर चार हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।















