थानकोटमा एउटा कार आगलागीबाट क्षतिग्रस्त, अनुसन्धान जारी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं. ३ थानकोटमा पार्किङ गरिएको एउटा कार आगलागीबाट क्षतिग्रस्त बनेको छ ।

प्रहरी वृत्त थानकोटका अनुसार थानकोटस्थित प्रगतिटोलमा पार्किङ गरिएको बा. २६ च ४४५९ नम्बरको कारमा सोमबार मध्यान्ह अचानक आगो लाग्दा सो कार जलेर पूर्ण रूपमा क्षतिग्रस्त बनेको हो ।

प्रहरीका अनुसार सो कारका धनी विनोद श्रेष्ठ हुन् ।

कारमा आगलागी भएपछि स्थानीय, चन्द्रागिरि नगरपालिकाको बारुण यन्त्र, तथा प्रहरी र सेनाको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको थियो ।

आगलागीको कारण हालसम्म खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सो आगलागीको घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ