अनुमति बिनै चन्द्रागिरि नगर क्षेत्रमा विज्ञापन बोर्ड झुण्ड्याइएपछि…..

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा झुण्ड्याइएका विज्ञापन बोर्डको कर यथासिघ्र भुक्तानीका लागि सम्बन्धित व्यवसायीलाई १५ दिने अल्टिमेटम दिएको छ ।

मंगलबार राष्ट्रिय दैनिकमा एक सूचना जारी गर्दै नगरले चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र कुनै पनि व्यक्ति, संघसंस्था, कम्पनीबाट विज्ञापन बोर्ड राख्नु पूर्व नगरपालिकाको स्वीकृति लिई विज्ञापन कर तिर्नुपर्ने स्थानीय सरकार सञ्चालन ऐन २०७४ र आर्थिक ऐन, २०८२ मा व्यवस्था भएको हुँदा नगरपालिकाको अनिवार्य स्वीकृति लिई विज्ञापन बोर्डहरु राख्न समेत सूचित गरेको छ ।

नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरुमा अनुमति नलिई तथा कानून बमोजिम बुझाउनु पर्ने विज्ञापन कर समेत नबुझाई जथाभावी रुपमा विभिन्न व्यक्ति, संघसंस्था, कम्पनीहरुको विज्ञापन तथा प्रचार-प्रसार सामग्रीहरु राखिएको पाइएकोले अनुमति नलिई तथा विज्ञापन कर नबुझाई राखिएका त्यस्ता होर्डिङ्ग बोर्ड, फ्लेक्स, व्यानर, डिस्प्ले बोर्ड, परिचय पाटी लगायतका सम्पूर्ण विज्ञापन सामग्री राख्ने व्यक्ति, संघसंस्था तथा कम्पनीहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र चन्द्रागिरि नगरपालिका राजश्व प्रशासन शाखामा सम्पर्क राखि विज्ञापन बोर्ड दर्ता गरी नगरपालिकाको आर्थिक ऐन बमोजिम लाग्ने विज्ञापन कर बुझाउन नगरले जानकारी गराएको छ ।

तत्पश्चात नगरपालिका कार्यालयबाट स्वीकृती विना राखिएका तथा कर नबुझाई राखिएका सम्पूर्ण विज्ञापन सामग्रीहरु हटाई जफत गरिने नगरद्वारा जारी सूचनामा भनिएको छ ।

सूचना हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ