राष्ट्रिय सभा उमेदवार टुंगो लगाउन नेकपा एमाले सचिवालय बैठक बस्दै
थानकोट ।
नेकपा (एमाले)को सचिवालय बैठक आज (मंगलबार) बस्दै छ ।
बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको उमेदवारीका विषयमा छलफल हुने एमाले सचिव भानुभक्त ढकालले जानकारी दिए ।
“बैठकबाट राष्ट्रियसभाको निर्वाचनका विषयमा टुंगो लाग्ला,” सचिव ढकालले भने ।
माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका निम्ति पुस २३ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ ।
राष्ट्रिय सभा निर्वाचनमा प्रमुख दलबीच तालमेलबारे नेताहरूले छलफल गरिरहेका छन् ।














