नेपाली बजारमा सुनको मूल्य उकालो लाग्यो
थानकोट ।
नेपाली बजारमा मंगलबार (पुस २२) सुन तोलामै ३ हजार १ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १ सय रुपैयाँ छ ।
अघिल्लो दिन (पुस २१) मा प्रतितोला दुई लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार यस दिन चाँदी तोलाको चार हजार ८ सय ८० रुपैयाँ तोकिएको छ ।
हिजो प्रतितोला चार हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।















