साफ फुटसल च्याम्पियनसिप : नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने

Thankot Times

थानकोट।

नेपालले श्रीलंकासँग खेल्दै थाइल्यान्डमा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) फुटसल च्याम्पियनसिपको सुरुआत गर्ने भएको छ ।

मंगलबार साफले खेल तालिका सार्वजनिक गरेसँगै प्रतियोगिताको पहिलो खेलमा श्रीलंकासँग खेल्ने तय भएको हो । साफका अनुसार, खेल थाइल्यान्डको नोन्थबुरी रंगशालामा जनावरी १६ मा हुनेछ ।

त्यसपछि, नेपालले प्रतियोगितामा भारतसँग जनवरी १८, पाकिस्तानसँग जनवरी २०, माल्दिभ्ससँग जनवरी २२, बंगलादेशसँग जनवरी २४ र भुटानसँग जनवरी २६ मा खेल्ने तालिका छ ।

साफको आयोजनामा आगामी १४ देखि २६ जनवरीसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिताको सबै खेल थाइल्यान्डको बैंककस्थित नोन्थबुरी रंगशालामा हुनेछ ।

‘सिंगल राउन्ड’ रोविन प्रणालीअनुसार सञ्चालन हुने यो प्रतियोगितामा दक्षिण एसियाका सातवटै राष्ट्रको सहभागिता रहेको छ । जसमा शीर्ष स्थानमा रहेको टोलीले उपाधि उचाल्नेछ ।

यस्तो छ प्रतियोगिताको खेल तालिका


Leave a Reply

Your email address will not be published. Required fields are marked *