एमाले राजधानी प्रदेश कमिटीमा जिम्मेवारी बाँडफाँट, बेलिमाया घलेलाई उपसचिवको जिम्मेवारी

Thankot Times

थानकोट ।

नेकपा एमालेले राजधानी प्रदेश कमिटीको अध्यक्षमा नारायण सिलवाललाई जिम्मेवारी तोकेको छ ।

मंगलबार बसेको सचिवालय बैठकले संशोधित विधानअनुसार रिक्त रहेका पदमा जिम्मेवारी तोकेको हो ।

राजधानी सम्पर्क विशेष संगठनकमिटीमा जिम्मेवारी बाँडफाँड गरेको छ । साविकको विशेष प्रदेश कमिटीलाई राजधानी प्रदेश कमिटी बनाइएको हो ।

यसअन्तर्गत ३ भौगोलिक जिल्ला, युवा-विद्यार्थी, उद्योग, मजदुर र पेशागत विशेष जिल्ला कमिटी रहने छन् । वागमती प्रदेशको १० भौगोलिक जिल्लालाई हेर्ने गरी अलग्गै प्रदेश कमिटी छ ।

उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

उपाध्यक्ष विदुर कार्की केन्द्रीय सदस्यको उम्मेदवार भएर पराजित भएका थिए ।

एमालेमा माथिल्लो कमिटीको निर्वाचनमा भाग लिने व्यक्ति तल्लो कमिटीको पदबाट स्वत: रिक्त हुने व्यवस्था छ । यस्तै बागमती प्रदेश कमिटीमा सचिवमा बालकृष्ण देउजा उपसचिव रमेश आचार्यलाई तोकिएको छ ।

उपाध्यक्ष प्रेमबहादुर महर्जनसचिव मिलन धरेल रउपसचिवमा शशिजंग थापा र बेलीमाया घलेलाई चयन गरिएको छ ।

सम्पर्क विशेष संगठन कमिटीमा अध्यक्ष अशोक ठकुरी र सचिव कपिल ओलीलाई तोकिएको छ ।

यस्तै बैठकले भानुभक्त ढकालको संयोजकत्वमा पार्टी नियमावलीमा संशोधन समिति गठन गरेको छ ।

समितिको सदस्यमा माधव ढुंगेल र रमेश बडाल छन् । 

यसैगरी नीति अनुसन्धान प्रतिष्ठान निर्देशिकको नियमावली संशोधनका लागि विष्णु रिमाललाई संयोजक तोकिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *