नागढुङ्गाबाट समातिए मान बहादुर

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट एकजना युवा समातिएका छन् । 

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम सहित धनकुटा चौबीसे गाउँपालिका-३ बस्ने २८ वर्षीय मान बहादुर लिम्बुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ०१-००६ ख ७८२१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

पक्राउ परेका मान बहादुरमाथि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ