सुनको मूल्य घट्यो
थानकोट ।
कारोबार हुने यस साताको चाैथो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलामा ४ सय रुपैयाँले घटेको हो ।
यससँगै छापावाल सुन प्रतितोला दुई लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
हिजो मंगलबार सुनको भाउ तोलाको दुई लाख ६८ हजार १ सय रुपैयाँ कायम थियो ।
बुधबार चाँदी मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ५५ रुपैयाँ बढेको छ ।
महासंघका अनुसार यस दिन एक तोला चाँदीको मूल्य ४ हजार ९ सय ३५ रुपैयाँ पुगेको छ ।















