कांग्रेसको विशेष महाधिवेशनका लागि उपसमिति गठन, तोकिए संयोजक

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले विशेष महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरू गठन गरेका छन् ।

विशेष महाधिवेशनका लागि हालसम्म १८ उपसमिति गठन गरिएकोमा त्यसको संयोजक पनि तोकिएको छ ।

पूर्वजिल्ला सभापति, पूर्व के.स. समन्वय उपसमितिको संयोजक मधु आचार्यलाई तोकिँदा जनपरिचालन जुलुस व्यवस्थापनको जिम्मेवारी जगदीश नरसिंह केसीले पाएका छन् ।

त्यस्तै व्यवस्थाप समितिको संयोजक मनोजमणि आचार्य, प्रदेश सांसद समन्वयको श्रीराम लामिछाने, पूर्वसांसद समन्वय कुशुम थापामगर र मञ्च व्यवस्थापनको जिम्मेवारी गोविन्द पुडासैनीले पाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *