निर्वाचन प्रहरीका लागि सरकारले खुलायो भर्ना, माग संख्या १ लाख ३३ हजार ९ सय ८०

Thankot Times

थानकोट ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा परिचालन गर्नका लागि सरकारले निर्वाचन प्रहरीको भर्ना खुलाएको छ ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले एक सूचना जारी गर्दै १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरीको भर्ना खुलाएको हो ।

निर्वाचन प्रहरीका लागि यही २५ पुस शुक्रबारदेखि १ फागुनसम्म आवेदन दिन सकिने बताइएको छ । बिदाको दिन पनि दर्खास्त लिइने सूचनामा जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *