सुनचाँदीको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (पुस २४) छापावाल सुन प्रतितोला दुई लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको दुई लाख ६७ हजार ७ सय रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ ।

यसदिन चाँदी प्रतितोला चार हजार ८ सय ३५ रुपैयाँ कायम भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ