दक्षिणकालीमा एक पुरुष मृत भेटिए
थानकोट ।
काठमाडौंको दक्षिणकालीमा एक युवकको शव फेला परेको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–५ का १८ वर्षीय अमरमणि चौधरीको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
अमरमणि काठमाडौंको कुलेश्वरमा बस्दै आएका थिए । बुधबार (पुुस २३) उनको शव भेटिएको हो ।
दक्षिणकाली नगरपालिका–७ स्थित जंगलबीचमा रहेको झोलुङे पुलमुनि उनको शव भेटिएको प्रहरीले जनाएको छ ।
















