पाैष २६ गते बोसिगाउँमा पुराना तस्बिरहरूको प्रदर्शनी आयोजना हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१० सतुङ्गल बोसिगाउँ क्षेत्रमा करिब ३० वर्षअघि खिचिएका तस्बिरहरूको प्रदर्शनी हुने भएको छ ।

आउँदो शनिबार (पाैष २६ गते) स्थानीय भैरवनाथ माध्यमिक विद्यालय हातामा हुने सो प्रदर्शनीमा डा. जो एन ले ३२ वर्ष अगाडि बोसिगाउँ लगायतका स्थानमा कैद गरेका तस्बिरहरू समावेश हुने चन्द्रागिरि नगरपालिका वडा नं. १० को कार्यालयले जनाएको छ । 

कार्यक्रम मध्यान्ह १२ बजेबाट सुरु हुनेछ ।

सूचना हेराैंः

प्रतिनिधि तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *