मन्त्रिपरिषद् हेरफेर, कुलमान घिसिङले नेतृत्व गरेका मन्त्रालयको जिम्मेवारी क-कसले पाए ?
थानकोट ।
मन्त्रिपरिषद् हेरफेर भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेलले मन्त्रिपरिषद् सदस्यको जिम्मेवारी हेरफेर गरेका हुन् ।
कुलमान घिसिङको राजीनामापछि रिक्त रहेका तीन मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पाैडेलले ऊर्जा मन्त्रालयको कार्यभार अनिल सिन्हा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार माधवप्रसाद चौलागाईं र शहरी विकास मन्त्रालयको कार्यभार कुमार इङ्नामलाई तोकेका छन् ।

फाइल फोटो














