जान्नुहोस आज दिनभरको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

देशका केही प्रदेशमा आज आंशिक बदली हुनेछ ।

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली हुनेछ । बिहान तराईमा हुस्सु र कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका अधिकांश स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो रहनेछ ।

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रहने विभागले बताएको छ ।

बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ