भोलि शनिबार नेपाल आयल निगमसँग सम्बन्धित पुराना तस्बिरहरूको प्रदर्शनी आयोजना हुँदै

Thankot Times

थानकोट ।

नेपाल आयल निगम लिमिटेडको ५६औं वार्षिकोत्सवको अवसरमा शनिबार (पाैष २६ गते) नेपाल आयल निगमसँग सम्बन्धित पुराना तस्बिरहरूको प्रदर्शनी आयोजना हुने भएको छ ।

नेपाल आयल निगम लिमिटेड स्थापना पूर्व र स्थापनाको शुरूवाती चरणका पेट्रोलियम कारोबारको अवस्था झल्कने तस्बिरहरू सो प्रदर्शनीमा समावेश हुन लागेका हुन् ।

नेपाल आयल निगमको मुख्य कार्यालय बबरमहलको प्राङ्गणमा हुने सो कार्यक्रम बिहान १० बजेबाट दिउँसो ३ बजेसम्म जारी रहने नेपाल आयल निगम स्वतन्त्र कर्मचारी यूनियनले जनाएको छ ।

प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *