सालपा विकास बैंकको आइपिओ बाँडफाँट, १ लाख ४३ हजार ९१७ जनाले पाए १० कित्ता सेयर

Thankot Times

थानकोट।

सालपा विकास बैंकको आइपिओ आज (शुक्रबार) बाँडफाँट भएको छ।

गोलाप्रथा प्रक्रियामार्फत भएको बाँडफाँटमा १ लाख ४३ हजार ९१७ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।

बाँकी रहेको ९ कित्ता सेयर सोही लगानीकर्ताहरूमा बाँडफाँट गर्दा ९ जना आवेदकले थप १ कित्ता अर्थात् कुल ११ कित्ताका दरले बैंकको सेयर पाएका हुन्।

यस आइपिओमा २३ लाख २ हजार ८४३ जनाले २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता खरिदका लागि आवेदन दिएका थिए।

जसमध्ये २२ लाख ६५ हजार ९५५ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको छ।

बैंकले गत पुस १६ गतेदेखि २० गतेसम्म उक्त आइपिओ बिक्री गरेको थियो।

बैंकले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका १४ करोड ३९ लाख १७ हजार ९०० रूपैयाँ बराबरको १४ लाख ३९ हजार १७९ कित्ता सेयर निष्कासन गरेको थियो।

लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ