कांग्रेस काठमाडाैं क्षेत्र नं. १० का सभापति महर्जन पनि नियमित महाधिवेशनको पक्षमा

Thankot Times

थानकोट ।

नेपाली कांग्रेस काठमाडौंको विभिन्न क्षेत्र नियमित महाधिवेशन पक्षमा छन्।

उनीहरूले विशेष महाधिवेशनको विरोध गरेका छन्।

काठमाडौं महानगर समिति, क्षेत्र नम्बर २, ५, ६, ७, ८, ९ र १० का सभापतिहरूले संयुक्त विज्ञप्ति निकालेर नियमित महाधिवेशन पक्षमा खुलेका हुन्।

वैशाखमा १५ औं महाधिवेशन कार्यतालिका आइसकेको उनीहरूको भनाइ छ। त्यसैले विशेष महाधिवेशन गर्नु पार्टी हितमा नरहेको उनीहरूको निष्कर्ष छ।

काठमाडौं जिल्ला समिति भने विशेष महाधिवेशन पक्षमा खुलेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *