प्रतिनिधि सभा सदस्य निर्वाचनः काठमाडाैं क्षेत्र नं. ९ बाट स्वतन्त्र उम्मेदवारी दिँदै आशिका तामाङ !

Thankot Times

थानकोट ।

सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै तामाङले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ वा ९ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

आफूले पछिल्लो केही हप्तादेखि सक्रिय राजनीतिमा प्रवेश गर्नेबारे गम्भीर छलफल र आत्ममन्थन गरेको उल्लेख गर्दै तामाङले दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्ने निर्णयमा पुगेको बताएकी छन् ।

उनले भनेकी छन्, ‘म कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने निर्णयका साथ आगामी हुने संसद् निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषण गर्दछु ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *