काठमाडाैंमा बसको ठक्करबाट स्कुटरचालक युवतीको मृत्यु

Thankot Times

थानकोट ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६, तिवारीमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ।

प्रदेश ३–०२ ०१३ प ९५४ नम्बरको स्कुटरलाई बा.५ ख २५६२ नम्बरको बसले ठक्कर दिँदा स्कुटरचालक कागेश्वरी मनोहरा नगरपालिका–४ की २३ वर्षीया आयुषा सिंखडाको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी सिंखडालाई उपचारका लागि शंखरापुर अस्पताल, नारायणटार लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ।

दुर्घटनापछि बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *