ढुङ्गाअड्डा-कलंकी क्षेत्रसहित यी हुन काठमाडौंमा धेरै दुर्घटना हुने २९ ब्ल्याक स्पट (नक्सासहित)

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले धेरै सवारी दुर्घटना हुने २९ वटा ‘ब्ल्याकस्पट’को पहिचान गरेको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्यूनीकरण गर्नका लागि सप्ताहव्यापी अभियान सञ्चालन गर्न लागेको छ।

यसैका लागि २९ वटा धेरै दुर्घटना हुने स्थानलाई पहिचान गरेको एसपी नरेशराज सुवेदीले जानकारी दिए।

२०८०/८१ आर्थिक वर्षमा ३० वटा स्थानलाई ब्ल्याकस्पटको रूपमा तोकेको थियो।

०८१/८२ आर्थिक वर्षमा भने २९ वटा स्थानलाई तोकेको हो।

यसमध्ये सबैभन्दा धेरै दुर्घटना हुने ठाउँ कोटेश्वरबाट जडिबुटी जाने तथ्यांकमा देखिएको छ।

एसपी सुवेदीका अनुसार जडिबुटीमा यस आर्थिक वर्षमा मात्रै ३१ वटा दुर्घटना भएको छ।

काठमाडौं उपत्यकामा पछिल्लो चार वर्षमा सवारी दुर्घटनामा ६५९ जनाको मृत्यु भइसकेको छ।

यही आर्थिक वर्षको पुस २२ गतेसम्म १०५ जनाले ज्यान गुमाइसकेका छन्।

अघिल्लो आर्थिक वर्ष ०८१/८२ मा १९० जनाले दुर्घटनामा ज्यान गुमाएका छन्।

त्यस्तै, ०७९/८०मा १८७ र ०८०/८१मा १७७को दुर्घटनामा मृत्यु भएको एसपी सुवेदीले बताए।

यसरी धेरै ज्यान गुमाउने उमेर संख्यामा हेर्ने हो भने १७ देखि ३५ वर्षको उमेर समूहका छन्।

यो उमेर समूहका युवाले ०७९/८० मा १०५, ०८०/०८१ मा ९१ र ०८१/०८२ मा ८६ जनाले ज्यान गुमाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *