शेरबहादुर स्मृति भलिबल प्रतियोगिता: न्यु डायमण्ड अपराजित रहँदै फाइनलमा

Thankot Times

थानकोट ।

न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब नवौँ शेरबहादुर स्मृति भलिबल प्रतियोगितामा अपराजित रहँदै फाइनल प्रवेश गरेको छ ।

शुक्रबार फाइनल प्रवेश गर्ने क्रममाः न्यु डायमण्डले साविक विजेतासमेत रहेको विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्‍यो । यो जितसँगै न्यु डायमण्डले प्रतियोगितामा तेस्रो जित दर्ता गरेको हो ।

यसअघि समूह चरणमा भएका दुई खेलमा न्यु डायमण्डले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा र अर्काे विभागीय टिम एपीएफ क्लबलाई ३-२ को सेटमा पराजित गरेको थियो ।

अब उपाधिको निम्ति न्यु डायमण्डले फाइनलमा पुलिससँगै प्रतिस्पर्धा गर्ने तालिका छ ।

शुक्रबार न्यु डायमण्डले काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा पहिलो र दोस्रो सेटमा २५-१५ र २५-१९ ले पराजित गर्‍यो । तर, तेस्रो र चौथो सेटमा भने पुलिसले न्यु डायमण्डलाई रोक्यो । पुलिसले क्रमशः २०-२५ र २७-२९ ले न्यु डायमण्डलाई पराजित गरेको थियो ।

न्यु डायमण्डले यसपछि, पाँचौँ सेटमा १५-१० नतिजा निकाल्दै जित दर्ता गरेको हो ।

पुलिसले भने हारका बावजुद पनि फाइनलमा स्थान बनाइसकेको छ । यी दुईबीचको फाइनल भोलि कभर्डहलमै १ः३० बजे हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *