न्यु डायमन्डलाई राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि
थानकोट ।
- नेपाल पुलिस क्लबलाई ३-१ काे सेटमा निराश बनाउँदै न्यु डायमन्ड युथ स्पाेर्ट्स क्लब राष्ट्रिय महिला भलिबल प्रतियोगिताकाे च्याम्पियन बनेकाे छ ।
न्यु डायमन्डले शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न फाइनलकाे सुरुवाती दुई सेट २५-२२ २५-१८ ले आफ्नो पक्षमा पारेको थियो ।
तेस्रो सेट भने न्यु डायमन्डले १५-२५ ले गुमायाे । चाैथाे सेटमा २७-२५ ले विजयी हुँदै न्यु डायमन्ड च्याम्पियन बन्याे । न्यु डायमन्ड दोस्रोपटक च्याम्पियन बनेकाे हाे । टाेलीले यसअघि साताैं संस्करणकाे उपाधि जितेकाे थियाे ।
यसैगरी, एपीएफ क्लब तेस्रो भएको छ । एपीएफले त्रिभुवन आर्मी क्लबलाई २५-१३,२५-२३,२५-१८ ले पराजित गरेको हो ।
प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख रुपैयाँ , उपविजेताले २ लाख ५० हजार, तेस्रो हुने टोलीले १ लाख २५ हजार र चौथो हुनेले ६२ हजार ५०० रुपैयाँ प्राप्त गरेका छन् ।















