नेपाली कांग्रेसको विशेष महाधिवेशन आज

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजबाट सुरु हुँदै छ । महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

महाधिवेशनका लागि विभिन्न जिल्ला तथा देशबाट प्रतिनिधिहरू काठमाडौं आएका छन् ।

१८ पुसमा बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, महाधिवेशन प्रतिनिधिहरूको मागबमोजिम महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशन हुन लागेको हो ।

संस्थापन इतर पक्ष विशेष महाधिवेशनमा गए पनि संस्थापन पक्ष भने यसको विपक्षमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *