पृथ्वी जयन्तीका अवसरमा राप्रपाले आज भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्दै

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चियापान कार्यक्रम गर्दैछ।

३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आइतबार राप्रपाले चियापान समारोह गर्न लागेको हो।

काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजेदेखि कार्यक्रम सुरू हुने प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन्।

राप्रपाले हरेक वर्ष पृथ्वी जयन्तीमा चियापान समारोह गर्दै आएको छ।

चियापान समारोहमा विभिन्न दलका नेताहरूलाई पनि बोलाइएको छ।

शीर्ष नेताहरूलाई निम्ता दिन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफै गएका थिए।

आइतबार नै भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन पनि छ।

कांग्रेसको विशेष महाधिवेशन मुख्य हल क्षेत्रमा र राप्रपाको चियापान कार्यक्रम पार्क रहेको ठाउँमा हुनेछ।

कार्यक्रम जुधे पनि असर नपर्ने कांग्रेस विशेष महाधिवेशन पक्षका नेता रमेश धमलाले बताएका छन्।

राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङसँग यसबारेमा कुराकानी गरेर व्यवस्था मिलाइएको धमलाले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *