सुनील थापा राष्ट्रिय सभामा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा

Thankot Times

थानकोट ।

आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय कोसी प्रदेशले औपचारिक रूपमा घोषणा गरेको छ ।

राष्ट्रियसभामा कोसी प्रदेशबाट दलित, महिला र अन्य गरी तीन सदस्य पद रिक्त छ । त्यसमध्ये अन्यतर्फ थापा निर्विरोध भएको घोषणा गरिएको हो । अब यहाँ अरू दुई सदस्यका निम्ति मात्र निर्वाचन हुने कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश भीष्मराज प्रसाईंले तोकिएको समयमा अन्यतर्फ एकजनाको मात्र उमेदवारी परेको जानकारी दिए । महिला र दलिततर्फ दुई/दुईजनाको उमेदवारी परेको उनले बताए ।

महिलातर्फ नेकपा (एमाले)बाट रोश्नी मेचे र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नमिता न्यौपाने उमेदवार छन् । दलिततर्फ एमालेबाट सोमनाथ पोर्तेल र नेकपाका खेमराज नेपाली उमेदवार रहेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कोसी प्रदेशमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख/उपप्रमुख २७३ गरी ३६६ मतदाता छन् । एक स्थानीय तहका अध्यक्ष भ्रष्टाचारमा दोषी ठहर भएकाले मतदाता नामावलीबाट नाम हटाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हिमालयन टेली भ्वाइस


Leave a Reply

Your email address will not be published. Required fields are marked *